नबलपरासी पश्चिम १: कांग्रेसका बिनोद चौधरीलाई घण्टीका ठकुरीले उछिने, हृदयेश तेस्रो
काठमाडौं । पश्चिम नवलपरासीको १ नम्बर निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (घण्टी)का महेन्द्र सेन ठकुरी पहिलो नम्बरमा उक्लिएका छन् । ठकुरीले कांग्रेसका उम्मेद्वार बिनोद चौधरीलाई करीब १०० मतले उछिन्दै पहिलो बनेका हुन् ।
एमालेको समर्थन रहेका राष्ट्रिय प्रगतिशील पार्टीका हृदयेश त्रिपाठी तेस्रो स्थानमा छन् ।
निर्वाचन आयोगले उपलब्ध गराएको मतगणनाको पछिल्लो परिणाम अनुसार घण्टीका ठकुरीले ३९५९ मत ल्याएका छन् भने रुखका चौधरीले ३८७० मत ल्याएका छन् ।
त्रिपाठीको कोदालो बोकेको किसानमा जम्मा २९४१ मत प्राप्त गरेका छन् । उनी यो निर्वाचन क्षेत्रबाट ५ पटक सांसद चुनिएका थिए ।
त्यस्तै, राप्रपाका भोजराज ढकालले ६६४ मत ल्याएका छन् भने जनमत पार्टीका गुलावप्रसाद चौधरीले ४४३ मत ल्याएका छन् ।
यो निर्वाचन क्षेत्रमा १३ हजार १ सय ४० मत खसेको थियो । जसमध्ये ६८७ मत बदर भएको थियो । कुल सदर मत १२४५३ मत छ ।