लुम्बिनी विकास बैंकले १२ प्रतिशत लाभांश दिने, नगद भन्दा बोनस कम




काठमाडौं । लुम्बिनी विकास बैंकले लाभांश दिने प्रस्ताव गरेको छ ।

मंसिर २ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट सेयरधनीहरुलाई १२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

बैंकले सेयरधनीलाई नौ प्रतिशत नगद लाभांश र ३ प्रतिशत बोनस दिने प्रस्ताव गरेको छ । यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृती गरेर बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।


क्लिकमान्डु