यी हुन् एकीकृत समाजवादीले अग्रता बनाएका ६ क्षेत्र
काठमाडौं । एमालेबाट विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादी पहिलो पटक प्रतिनिधि सभामा भाग लिइरहेको छ ।
नेपाली कांग्रेस, एकीकृत समाजवादी लगातयतको सत्ता गठबन्धनको बलमा निर्वाचनमा होमिएको एकीकृत समाजवादीले गठबन्धनमा भागवण्डा हुँदा १६५ मध्ये २१ प्रतिनिधि सभामा आफ्नो दलको उम्मेदवार उठाएको थियो ।
आइतबार सम्पन्न निर्वाचनको मतगणना जारी हुँदा उसले ६ स्थानमा मात्र अग्रता बनाउन सकेको छ । गठबन्धन दलहरुको मत आउने र आफूहरुका अधिकांश उम्मेदवार विजयी हुने उक्त दलको दाबीका बीच प्रारम्भिक रुझान भने कमजोर देखिएको छ ।
एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल मतगणनामा पछि परेका छन् भने अन्य नेताहरुको अवस्था पनि कमजोर देखिएको छ ।
यी हुन् एकीकृत समाजवादीले अग्रता लिएको निर्वाचन क्षेत्र
माधवकुमार नेपाल रौतहट १, मेटमणि चौधरी दाङ १, बिरोध खतिवडा मकवानपुर २, राजेन्द्रप्रसाद पाण्डे धादिङ १, प्रकाश ज्वाला सल्यान १, कृष्णकुमार श्रेष्ठ बारा ४ ।