झापा १ मा विश्वप्रकाश शर्मालाई ६ सय मतको अग्रता, दोस्रो एमाले



काठमाडौँ । झापा १ मा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अग्रता कायमै राखेका छन् ।

साँझ ७ बजेसम्मको परिणामहनुसार सत्ता गठबन्धनबाट उम्मेदवार रहेका उनले १७७६ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका अग्नि खरेलले ११४७ मत पाएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका ओमनाथ भण्डारीले ३५४, मंगोल नेशनल अर्गनाइजेसनका सन्तोष तामाङले ८५ र लोकतान्त्रिक समाजवादी पार्टीका ओलीन राजवंशीले ४१ मत पाएका छन् । शर्माले यससअघि दुई पटक यही निर्वाचन क्षेत्रमा हार व्यहोरोका थिए ।


क्लिकमान्डु