इलाम-१ मा एमालेका महेश बस्नेतलाई पछ्याउँदै सत्ता गठबन्धनका झलनाथ खनाल



इलाम । इलाम क्षेत्र नं १ मा नेकपा एमालेका महेश बस्नेतले सुरुवाती अग्रता लिएका छन् ।

निर्वाचन कार्यलयले दिएको जानकारीअनुसार दुई हजार छ सय ८९ मतगणना हुँदा नेकपा एमालेका उम्मेदवार बस्नेतले एक हजार दुई सय ५८ मत प्राप्त गर्दा नेकपा (एकिकृत समाजवादी) का झलनाथ खनालले एक हजार ४१ मत प्राप्त गरेका छन् । खनाल गठबन्धनको साझा उम्मेदवार हुन् ।

आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्य एवं प्रदेशसभा सदस्य निर्वाचनमा इलामबाट एक लाख २९ हजार एक सय ७५ मत खसेको थियो ।

यो कूल मतदाता सङ्ख्याको ५७.७७ प्रतिशत हो । जसमध्ये पुरुषतर्फ ६८ हजार चार सय ५८ र महिलातर्फ ६० हजार सात सय १७ ले मतदान गरेको प्रमुख जिल्ला अधिकारी माधव ढुङ्गानाले जानकारी दिए ।

दुई लाख २४ हजार आठ सय ७७ मतदाता सङ्ख्या रहेको इलाममा एक सय ५० मतदानस्थल र एक सय ३६ मतदान केन्द्र रहेका छन् ।


क्लिकमान्डु