यी हुन् कांग्रेसले अग्रता बनाएका निर्वाचन क्षेत्र



काठमाडौं । आइतबार सम्पन्न प्रतिनिधि सभा निर्वाचनको मतगणना जारी रहेको छ ।

नेकपा माओवादी र एकीकृत समाजवादी लगायतका दलसँग गठबन्धन गरेको नेपाली कांग्रेसले एक प्रतिनिधि सभामा जित निकाले छ । उसले मुस्ताङमा जित निकालेको हो भने २० निर्वाचन क्षेत्रमा अग्रता बनाइरहेको छ ।

पछिल्लो अपडेट अनुसार यी क्षेत्रमा कांग्रेसले अग्रता बनाइरहेको छ ।

कांग्रेसले काठमाडौं क्षेत्र नम्बर ४, ५ र १० मा अग्रता बनाएको छ । कांग्रेसले नवलपुर २, इलाम २, चितवन १, कञ्चनपुर ३, बर्दिया १, रौतहट ४, भक्तपुर २, रुपन्देही ३, सुर्खेत २, तनहुँ २, कपिलवस्तु २, स्याङ्जा १, अछाम २, कपिलवस्तु ३, मोरङ ६, मकवानपुर १, डडेल्धुरा १ र तनहुँ १ मा अग्रता बनाइरहेको छ ।


क्लिकमान्डु