१७१६ मत गन्दा विनोद चौधरीले ल्याए ८००, हृदयेशको ५००, घण्टीको कति ?



काठमाडौं । नवलपरासी बर्दघाट सुस्ता पश्चिममा नेपाली कांग्रेसका उम्मेद्वार विनोद चौधरीले शुरुवाती अग्रता कायम गरेका छन् ।

निर्वाचन आयोगका अनुसार साँझ साढे ५ बजेसम्म १७१६ मत गणना गर्दा चौधरीले ८०० मत पाएका छन् । त्यस्तै, एमालेको समर्थन पाएका जनता प्रगतिशित पार्टी नेपालका अध्यक्षसमेत रहेका हृदयेश त्रिपाठीले ५०० मत प्राप्त गरेका छन् ।

त्यस्तै, उक्त क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टीले २००, राप्रपाको हलोले ११६ र अन्यले १०० मत प्राप्त गरेका छन् ।

त्रिपाठी पाँच पटक यही निर्वाचन क्षेत्रबाट चुनिएका थिए भने चौधरी पहिलोपटक प्रत्यक्ष चुनाव उठेका हुन् ।


क्लिकमान्डु