काठमाडौं उपत्यकाका १५ निर्वाचन क्षेत्र: एमाले ५ ठाउँमा अघि, कांग्रेस र स्वतन्त्र पार्टी बराबर



काठमाडौं । आइतबार सम्पन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनको सोमबार मतगणना सुरु भएको छ । काठमाडौं उपत्यकाका १५ निर्वाचन क्षेत्रमा मतगणना भइरहेको छ ।

प्रारम्भिक मतगणनाको रुझानमा नेकपा एमाले ५ र नेपाली कांग्रेसले ४ निर्वाचन क्षेत्रमा अग्रता बनाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीले ४, हाम्रो नेपाली पार्टी र राप्रपाले १ क्षेत्रमा अग्रता लिएको छ ।

काठमाडौंका १० क्षेत्रमा एमालेले ३, ९ मा अग्रता बनाउँदा नेपाली कांग्रेसले क्षेत्र नम्बर ४, ५ र १० गरि ३ निर्वाचन क्षेत्रमा अग्रता बनाएको छ ।

त्यस्तै राप्रपाले १ सिटमा अग्रता बनाएको छ । काठमाडौं १ मा राप्रपाले अग्रता बनाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले २,६,७ निर्वाचन क्षेत्रमा अग्रता बनाइरहेको छ भने काठमाडौं ८ मा हाम्रो नेपाली पार्टीले अग्रता बनाएको छ ।

त्यस्तै ललितपुरका तीन निर्वाचन क्षेत्रमध्ये दुईमा नेकपा एमालेले अग्रता बनाएको छ भने एकमा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता बनाएको छ ।

ललितपुरको १ र २ मा एमालेले अग्रता बनाउँदा निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता बनाएको हो ।

त्यस्तै भक्तपुरका दुई क्षेत्रमध्ये भक्तपुरमा नेकपा एमाले र क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसले अग्रता बनाइरहेको छ ।


क्लिकमान्डु