चितवन-२ मा ११२६ मत गणना गर्दा एमालेको अग्रता कायमै, रविको १०० मत पनि पुगेन



चितवन । चितवन क्षेत्र नम्बर २ मा अहिलेसम्म ११२६ मत मतगणना भएको छ ।

११२६ मत गणना गर्दा नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले ५५४ मत पाएका छन् ।

यस्तै गठबन्धनबाट उम्मेदवार रहेका नेपाली कांग्रेसका उमेश श्रेष्ठले ३९७ मत पाएका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ८७ मत मात्रै पाएका छन् । उनले अहिलेसम्म १०० मत पनि कटाउन सकेका छैनन् ।

चितवन–२ मा कुल मतदाता एक लाख २४ हजार २१४ रहेकोमा आइतबार भएको मतदानमा ८४ हजार ३१५ मत खसेको निर्वाचन आयोगले जनाएको छ ।


क्लिकमान्डु