मतगणना छाडेर गगन थापा श्रीमतीसहित फिल्म हेर्न गए



काठमाडौं । आइतबार सम्पन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनपछि यतिबेला देशभर मतगणना जारी छ । यतिबेला काठमाडौं क्षेत्र नम्बर ४ मा पनि मतगणना जारी रहेको छ ।

उक्त निर्वाचन क्षेत्रका बलिया उम्मेदवार गगन कुमार थापाले भने चलचित्र भवनको एक तस्विर सार्वजनिक गरेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा श्रीमती सहितको सिनेम्याक्स अगाडिको फोटो सार्वजनिक गर्दै लेखेका छन् ‘धेरै दिनको दौडधुप पछि आजको फुर्सद ।’

उनी महापुरुष फिल्म हेर्न हल पुगेका हुन् ।

जारी मतगणनामा मतान्तर बढाउँदै लगेका थापाले चलचित्र भवनको फोटो सार्वजनिक गर्दा सबैको ध्यान त्यसै तर्फ गएको छ । निर्वाचनका लागि लामो समय दौडधुपमा रहेका थापा निर्वाचन पछि रिफ्रेसका लागि चलचित्र हेर्न गएको आँकलन पनि गरिएको छ ।

उक्त निर्वाचन क्षेत्रमा अहिलेसम्म गठबन्धनका उम्मेदवार थापाले ४१४४ मत पाएका छन् भने उनका प्रतिस्पर्धी एमालेका उम्मेदवार डा.राजन भट्टराईले २९७६ मत पाएका छन् । यो निर्वाचन क्षेत्रमा ४५ हजार मत खसेको थियो ।

चुनाव जित्ने ढुक्क भएपछि थापा श्रीमतिसहित फिल्म हेर्न पुगेको धेरैको अनुमान छ । थापाले आफूलाई भावी प्रधानमन्त्रीका रुपमा दावी गर्दै आएका छन् ।


क्लिकमान्डु