चितवन-२ मा ३०० मत गन्दा रवि तेस्रो, एमाले पहिलो स्थानमा



चितवन । चितवन क्षेत्र नम्बर २ को मतगणना जारी छ ।

जारी मतगणनामा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले १५० मत पाएका छन् ।

यस्तै गठबन्धनबाट उम्मेदवार रहेका नेपाली कांग्रेसका उमेश श्रेष्ठले ९७ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले २५ मत पाएका छन् ।

चितवन–२ मा कुल मतदाता एक लाख २४ हजार २१४ रहेकोमा आइतबार भएको मतदानमा ८४ हजार ३१५ मत खसेको निर्वाचन आयोगले जनाएको छ ।


क्लिकमान्डु