२७ स्थानको अपडेट: एमाले १० स्थानमा अगाडि, रुख र घण्टी पछिपछि, कसको कहाँ अग्रता ?



काठमाडौं । आइतबार सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतगणना भइरहेको छ । १६५ निर्वाचन क्षेत्रमध्ये धेरै क्षेत्रको मतगणना शुरु भएको छ ।

एक स्थानको नतिजा भने आइसकेको छ । मुस्ताङमा एमाले उम्मेदवारलाई पराजित गर्दै कांग्रेसले जित निकालेको छ ।

मतगणनाको शुरुवाती रुझान अनुसार नेकपा एमालेले अग्रता बनाइरहेको छ । एमालेले १० स्थानमा अग्रता बनाउँदा नेपाली कांग्रेसले ६ स्थानमा अग्रता बनाएको छ । कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीबीच अग्रता बनाउने प्रतिस्पर्धा भइरहेको छ । केही बेरअघिसम्म घण्टीले अग्रता बनाइरहेको थियो भने अहिले कांग्रेसले अग्रता बढाएको छ ।

कांग्रेसले ६ स्थानमा अग्रता बनाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीले ५ स्थानमा अग्रता बनाएको छ । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले २ र जनमत पार्टीले दुई स्थानमा अग्रता बनाएको छ ।

एमालेले झापा क्षेत्रनम्बर २, धनुषा ३,काठमाडौं ३, काठमाडौं ९, ललितपुरका तीनवटा निर्वाच क्षेत्र, दाङ ३, बाँके ३, दैलेख १ मा अग्रता बनाएको छ ।

कांग्रेसले काठमाडौं १, ४ र १० मा अग्रता बनाएको छ । भक्तपुर २, नवलपरासी पूर्व २, सुर्खेत २ मा कांग्रेस उम्मेदवारले अग्रता बनाएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले काठमाडौं क्षेत्र नम्बर ६, ७ र ८मा अग्रता बनाइरहेका छन् भने कास्की २ मा पनि घण्टीले अग्रता बनाइरहेको छ ।

राप्रपाले दुई स्थानमा अग्रता बनाएको छ । उसले झापा ३ र भक्तपुर १ मा अग्रता बनाइरहेको छ । जनमत पार्टीले सप्तरी क्षेत्र नम्बर १ र २ मा अग्रता बनाएको छ ।

सत्ता गठबन्धनका माओवादी केन्द्र र एकीकृत समाजवादी तथा मधेश केन्द्रित दलहरु जसपा र लोसपाले अहिलेसम्म अग्रता बनाउन सकेका छैनन् ।


क्लिकमान्डु