महन्थ ठाकुरको क्षेत्रमा अझै किन हुन सकेन मतगणना ?




जलेश्वर । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर उम्मेदवार रहेको निर्वाचन क्षेत्रमा अझै पनि मतगणना हुन सकेको छैन । दिउँसो ३ बजेदेखि मतगणना सुरु हुने बताइएको छ ।

महोत्तरी जिल्लाको क्षेत्र नं ३ बाट चुनाव लडेका लोसपा अध्यक्ष ठाकुरको उक्त क्षेत्रमा ३ बजेदेखि मतगणना सुरु हुने मुख्य निर्वाचन अधिकृत हेमबहादुर सेनले बताए ।

उनका अनुसार गएराति अबेर मतपेटिका आएको र अहिलेसम्म मतपेटिका तथा मतपत्र रुजु हुने काम भइरहेको छ । अहिले सर्बदलीय बैठक पनि बस्न बाँकी रहेकाले दिउँसो ३ बजेदेखि यहाँको मतगणना सुरु गरिने भएको हो । यस क्षेत्रमा ९९ हजार ९३० मतदाता रहेकामा यस पटकको निर्वाचनमा ५९.३४ प्रतिशत मत खसेको छ ।


क्लिकमान्डु