काठमाडौं–९ मा एमालेलाई पछ्याउँँदै राष्ट्रिय स्वतन्त्र पार्टी



काठमाडौं । काठमाडौं क्षेत्र नं ९ मा प्रतिनिधिसभा सदस्यका लागि नेकपा (एमाले) का कृष्णगोपाल श्रेष्ठ ५६४ मतसहित अग्रता लिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेल ५६१ प्राप्त गर्दै दोस्रो स्थानमा छन् ।

नेकपा (माओवादी केन्द्र)की कल्पना धमलाले ३४५, नेपाल मजदुर किसान पार्टीका सुमन महर्जनले २६० र राष्ट्रिय प्रजातन्त्र पार्टी देवेन्द्र प्रधानले २१५ मत प्राप्त गरेको निर्वाचन अधिकृत पूजा खत्रीले जानकारी दिइन् ।

उनका अनुसार यस्तै चुनाव चिह्न पैतालाले एक सय २० र लौरोले २३ मत प्राप्त गरेको छ । दिउँसो १ बजेसम्म भएको दुई हजार दुई सय ८६ मतगणनामा ९६ मत बदर भएको छ ।


क्लिकमान्डु