मतगणना अपडेट : एमालेको अग्रता कायमै, कांग्रेसलाई पछि पार्दै दोस्रोमा उक्लियो घण्टी



काठमाडौं । आइतबार सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतगणना भइरहेको छ ।

अधिकांश क्षेत्रको मतगणना शुरु भएको छ । प्रारम्भिक रुझानअनुसार १ बजेसम्मको तथ्यांक अनुसार १८ स्थानमा भइरहेको मतगणनामा नेकपा एमालेले ८ स्थानसहित अग्रता बनाइरहेको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले ४ स्थानमा अग्रता बनाएको छ ।

कांग्रेस ३ स्थानमा अग्रस्थानमा देखिएको छ । राप्रपाले २ र जनमत पार्टीले १ स्थानमा अग्रता बनाएको छ ।

एमालेले झापा २, बाँके ३, काठमाडौं ९, धनुषा ३, ललितपुरका तीनवटै क्षेत्र, दैलेख १ मा अग्रता बनाइरहेको छ ।

दोस्रो स्थानमा रहेको स्वतन्त्र पार्टीले काठमाडौं ६, ७, ८ र कास्की २ मा अग्रता बनाएको छ ।

तेस्रो स्थानमा रहेको नेपाली कांग्रेसले एक ठाउँमा जित हात पारेको छ भने तीन स्थानमा अग्रता बनाइरहेको छ ।
भक्तपुर २, काठमाडौं १ र काठमाडौं ४ मा अग्रता बनाइरहेको छ । राप्रपाले भक्तपुर १ र झापा ३ मा अग्रता बनाइरहेको छ ।
जनमत पार्टीले सप्तरी २ मा अग्रता बनाइरहेको छ ।

सत्ता गठबन्धनका माओवादी केन्द्र र एकीकृत समाजवादी तथा मधेश केन्द्रित दलहरु जसपा र लोसपाले अहिलेसम्म अग्रता बनाउन सकेका छैनन् ।

प्रतिनिधि सभामा १६५ निर्वाचन क्षेत्र रहेको छ ।


क्लिकमान्डु