केपी ओलीले ६७ प्रतिशत मत पाएर निर्वाचित हुने एक्जिट पोल



काठमाडौं । झापा क्षेत्र नम्बर पाँचमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जित निकाल्ने एक्जिट पोल सार्वजनिक भएको छ ।

निर्वाचनबारे एक्टिज पोल सार्वजनिक गर्दै आएको फ्याक्ट्स नेपालले एमाले अध्यक्ष ओली ६७ प्रतिशत मतसहित निर्वाचित हुने प्रक्षेपण गरेको हो ।

उक्त क्षेत्रमा मतदान गरेका मतदातासँगको कुराकानीका फ्याक्टसले यस्तो प्रक्षेपण गर्दै आएको छ ।

ओलीको निकटतम प्रतिस्पर्धि नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले २३ प्रतिशत मत पाउने र राष्ट्रिय स्वतन्त्र पार्टीका शुरेस कुमार पोखरेलले ७ प्रतिशत मत पाउने उनको आकलन रहेको छ ।


क्लिकमान्डु