काठमाडौं ४ को एक्जिट पोलः ५३% मतसहित गगन थापाले जित्ने, राजन भट्टराईको ३१ प्रतिशत



काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नं. ४ मा नेपाली कांग्रेसका उम्मेद्वार गगन थापाले जित्ने देखिएको छ । एमालेका उम्मेद्वार राजन भट्टराईलाई भारी मतान्तरले जित्ने एक्जिट पोलले देखाएको छ ।

तथ्यांक संकलन तथा विश्लेषणको क्षेत्रमा काम गर्दै आएको फ्याक्टस् नेपालले गरेको एक्जिट पोलमा थापाले ५३ प्रतिशत मत ल्याई बिजयी हुने देखिएको छ । त्यस्तै, थापाका निकटतम् प्रतिद्धन्द्धी हुने छन् एमालेका भट्टराई । फ्याक्टस् नेपालका अनुसार भट्टराईले जम्मा ३१ प्रतिशत मात्रै मत ल्याउने छन् ।

यसअघि पनि यो क्षेत्रमा थापा र भट्टराईबीच नै प्रतिस्पर्धा भएको थियो । जसमा ७ हजार बढी मतको अन्तरले थापा बिजयी भएका थिए । यो पटक थापाले मतान्तर बढाउने देखिएको हो ।

त्यसैगरी, यो निर्वाचन क्षेत्रमा राप्रपा तेस्रो रहेको फ्याक्टस् नेपालको सर्वेक्षणले देखाएको छ । राप्रपाका उम्मेद्वार ठाकुरमोहन श्रेष्ठले ८ प्रतिशत, स्वतन्त्र उम्मेद्वार अर्जुन कुमार प्रसाईंले ४ प्रतिशत र अन्यले ५ प्रतिशत ल्याउने सर्वेक्षणले देखाएको छ ।

फ्याक्टस् नेपालले यसअघि गरेका सर्वेक्षहरु करिब करिब मिलेका छन् । त्यसैले यो सर्वेक्षण पनि मिल्ने विश्वास गर्न सकिन्छ ।

थापा नेपाली कांग्रेसका महामन्त्री समेत हुन्, उनले भावी प्रधानमन्त्रीका रुपमा आफूलाई अघि सारेका छन् । जसकारण पनि विगतमा भन्दा उनको मतान्तर बढी हुने अनुमान गरिएको छ ।


क्लिकमान्डु