मतगणनाको प्रारम्भिक रुझान: एमालेको अग्रता, कांग्रेस र घण्टी पछिपछि



काठमाडौं । प्रतिनिधि र प्रदेश सभा अन्तर्गत हिजो भएको मतदानको मतगणना शुरु भएको छ ।

कतिपय स्थानको मतगणना शुरु भए पनि केही निर्वाचन क्षेत्रमा भने सर्वदलीय बैठक बसिरहेको छ । प्रारम्भिक रुझान अनुसार अहिलेसम्म नेकपा एमाले अग्रता लिएको छ ।

नेकपा एमालेले पाँच स्थानमा अग्रता लिइरहँदा सत्ता गठबन्धनको दल नेपाली कांग्रेसले २ र पहिलो पटक चुनावमा उत्रिएको राष्ट्रिय स्वतन्त्र पार्टीले २ स्थानमा अग्रता बनाएको छ ।

एमालेले झापा क्षेत्र नम्बर १ मा अग्रता बनाएको छ भने धनुषा क्षेत्र नम्बर ३ र लिलितपुरका तीनवटै क्षेत्रमा अग्रता बनाएको छ ।

त्यस्तै कांग्रेसले भक्तपुर क्षेत्रनम्बर २ र मुस्ताङमा अग्रता बनाइरहेको छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौं क्षेत्र नम्बर ७ र कास्की क्षेत्र नम्बर दुईमा अग्रता बनाएको छ ।

माओवादी र एकीकृत समाजवादीले अहिलेसम्म अग्रता बनाउन सकेका छैनन् ।


क्लिकमान्डु