काठमाडौं ७: स्वतन्त्र पार्टीका पराजुलीले अग्रता बनाउँदा मानुषी तेस्रो



काठमाडौं । काठमाडौं- ७ मा मतगणना सुरु भएको छ ।

प्रतिनिधि सभातर्फको मतगणना भइरहँदा काठमाडौं ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता बनाएको छ । यस क्षेत्रमा एमालेका उम्मेदवार दोस्रो र गठबन्धनका उम्मेदवार तेस्रो नम्बरमा रहेका छन् ।

७ सय ९ मत गणना गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पराजुलीले १७७ मत प्राप्त गर्दा एमालेका श्यामकुमार घिमिरेले ९३ र माओवादी केन्द्रकी मानुषी यमीले ७५ मत प्राप्त गरेकी छन् । यो क्षेत्रमा हाम्रो नेपाली पार्टीका प्रवेन्द्र पोख्रेलले ७२ मत प्राप्त गरेका छन् ।


क्लिकमान्डु