ललितपुर २: एमालेको अग्रता, पछिपछि लौरो अभियान



काठमाडौं । ललितपुर निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेले सुरुवाती अग्रता बनाएको छ । कूल ४ हजार ७८८ मत गनिसक्दा एमालेले अग्रता लिएको छ ।

एमालेले १ हजार ३१७ मत पाउँदै अग्रता बनाउँदा दोस्रोमा लौरो अभियान हाम्रो नेपाली पार्टीले १ हजार ९७ मत प्राप्त गरेको छ । त्यस्तै नेकपा एकीकृत समाजवादीले ८ सय ७७ मत पाएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले ७ सय ९० मत प्राप्त गरेको छ ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भने ६ सय ७६ मत पाएको छ ।


क्लिकमान्डु