स्याङ्जाको राममन्दिर केन्द्र गठबन्धनले कब्जा गरेको एमाले आरोप,पद्मा पुगिन्



काठमाडौं । नेकपा एमालेले सत्तारुढ गठबन्धनले स्याङ्जाको राममन्दिर मतदान स्थलमा बुथ क्याप्चर गरेको आरोप लगाएको छ ।
स्याङ्जाको चापाकोट नगरपालिका दारसिंङस्थित राम मन्दिर मतदान स्थलमा गठबन्धनले बुथ क्याप्चर गरेको आरोप लगाएको हो ।

बुथक्याप्चर भएको भन्दै स्याङ्जा २ का प्रतिनिधि सभाउम्मेदवार पद्मा अर्याल उक्त मतदान स्थलमा पुगेकी थिइन् । उनले बुथ क्याप्चर गरेर चुनाव जित्ने लक्ष्य गठबन्धनको देखिएको भन्दै आक्रोश व्यक्त गरिन् ।

त्यस्तै स्याङ्जामा नेकपा एमाले र गठबन्धनका कार्यकर्ताबीच झडप भएको छ । झडप नियन्त्रणका लागि प्रहरीले हवाइ फायर गरेको छ ।

स्याङ्जाको चापाकोट नगरपालिका-१ को भानु माविको मतदान केन्द्रभित्र दुई पक्षका कार्यकर्ताबीच झडप भएको हो ।
झडपपछि मतदान स्थगित भएको छ ।

पुन:मतदान शुचारु गर्नेबाले सर्वदलीय बैठक बसिरहेको छ ।


क्लिकमान्डु