बाजुरामा मतपेटिका आगजनी, निर्वाचन स्थगित



फाइल तस्बिर

बाजुरा । बाजुराको एक मतदानकेन्द्रमा मतपेटिका आगजनी भएको छ ।

बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकाका-१ स्थित भगवती आधारभूत विद्यालय मतदान केन्द्रमा मतपेटिकामा आगजनी भएको हो ।

प्रदेशसभाअन्तर्गत समानुपातिकतर्फको मतपेटिकामा आगजनी भएपछि निर्वाचन स्थगित भएको छ । आगजनी कसले गरेको भन्नेबारे अन्योल रहेको प्रहरीले जनाएको छ ।


क्लिकमान्डु