१५ मतदान केन्द्रमा मतदान रोकियो: आयोग



काठमाडौं । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा देशभर शान्तिपूर्ण रूपमा मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ ।
आयोगका अनुसार अपरान्ह ३:३० बजेसम्म १५ मतदान केन्द्रमा मतदान कार्य रोकिएको छ ।

यी रोकिएका मतदान केन्द्रमा मतदान कार्य सुचारु गर्न प्रयास भइरहेको आयोगले जनाएको छ ।

निर्वाचन आयोगका अनुसार निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदातालाई मताधिकार छ । निर्वाचनका लागि १० हजार आठ सय ९२ मतदानस्थलमा रहेका २२ हजार दुई सय २७ मतदान केन्द्र कायम गरिएको छ ।

मतदान अपराह्न ५ बजेसम्म चल्ने आयोगले जनाएको छ ।


क्लिकमान्डु