मतदान गरिसकेपछि रवि लामिछानेले ढोगे मत खसालेको ढ्वाङ



चितवन । चितवन क्षेत्र नं. २ का सांसदका उम्मेद्वार रवि लामिछानेले मतदान गरेका छन् । काठमाडौं क्षेत्र नं. ३ को महांकाल मतदान केन्द्रबाट भोट हालेका हुन् ।

उनले आफूले भोट हालेको तस्वीर सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेका छन् ।

मत खसाल्दै गरेको र मत खसालेको ढ्वाङ्गलाई ढोगेको तस्वीर सार्वजनिक गरेका छन् । अर्को फोटो भने उनी श्रमति निकिता पौडेलसँग छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछाने पूर्वटेलिभिजन कार्यक्रम प्रस्तोता हुन् । टेलिभिजनको जागिर छाडेर राजनीतिक दल खोली लामिछाने पहिलोपटक निर्वाचनमा उठेका हुन् ।


क्लिकमान्डु