एनएमबि बैंकद्वारा ‘मान्यजन बचत खाता’ सबैभन्दा बढी ब्याज दिने घोषणा



काठमाडौं । एनएमबि बैंकले एनएमबि मान्यजन बचत खातामा सबैभन्दा बढी ब्याज दिने घोषणा गरेको छ । सो खाता विशेष रूपमा ज्येष्ठ नागरिकहरूको आवश्यकताहरू लाई मद्धनगर राखेर बनाइएको बैंकले जनाइएको छ ।

राखी बनाइएको हो ।

९.१३३ प्रतिशत उच्चतम ब्याजदर प्रदान गर्नुका साथै बैंकले ग्राहकहरुलाई प्राथमिकताका आधारमा सेवा तथा घरेलु बैंकिङ सुविधा समेत उपलब्ध गराउने भएको छ ।

एनएमबि बैंक विगत २६ वर्ष देखी अनवरत रुपमा बैंकिङ्ग सेवा सुविधा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट “क” वर्गको इजाजत पत्र प्राप्त एक अग्रणी वित्तीय संस्था हो ।

बैंकले दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधीबाट सम्मानित भएको बैंक हो ।

एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ लागी पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेकको छ ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।


क्लिकमान्डु