कर्मचारीलाई मस्कको अल्टिमेटमः ट्विटरमा परिश्रमी भएर धेरै काम गर्नुस्, नत्र निस्किएर जानुपर्ला !



एजेन्सी । ट्विटरलाई आफ्नो स्वामित्वमा लिएसँगै थुप्रै कुरामा परिवर्तन गरिसकेका एलम मस्कले पुनः नयाँ घोषणा गरेका छन् ।

उनले आफ्ना कर्मचारीहरुलाई ट्विटरलाई नयाँ स्वरुपमा ल्याउनका लागि ‘हार्डकोर’ काम गर्न वा त्यसो नभगरेमा निस्किएर जानुपर्ने हुनसक्ने सन्देश दिएका छन् ।

मस्कले आफ्ना कर्मचारीहरुलाई ट्विटरको नयाँ स्वरुपलाई सफल बनाउनका लागि धेरै परिश्रम गर्न आवश्यक भएको बताएका छन् । यसका लागि धेरै समयसम्म निरन्तर काम गर्ने र उच्च क्षमता देखाउँदै परिश्रमी हुनुपर्ने उनले बताएका छन् ।

मस्कले कर्मचारीहरुलाई इमेल गर्दै यस्तो सन्देश पठाएको वासिङटन पोस्टले जनाएको छ ।

कर्मचारीहरुलाई बुधबार पठाइएको उक्त इमेलमा यसरी काम गर्न सक्ने भएमा स्वीकार गर्न भनिएको छ । यदि स्वीकार नगरेमा त्यस्ता कर्मचारीलाई तीन महिनासम्म पारिश्रमिक दिएर कम्पनीबाट निकालिनेछ ।

यस्तो सन्देश पाएका ट्विटरका कतिपय कर्मचारीहरुले मस्कको आदेशलाई अस्विकार गर्न सक्ने पनि देखिएको जनाइएको छ । मस्कले आफूखुसी गरिरहेकाले यस्तो निर्णयमा स्वीकार गर्न नसकिने किसिमका प्रतिक्रियाहरु आइरहेका छन् ।

ट्विटरको स्वामित्व लिएसागै मस्कले यसमा धेरै कुरा परिवर्तन गरिरहेका छन् । कम्पनीबाट करिब ३७ सय जना कर्मचारीलाई निकालिएको छ । त्यस्तै, कम्पनीलाई प्राप्त हुने विज्ञापनहरुमा पनि कमि आएको छ ।

कम्पनीलाई दैनिक ४० लाख अमेरिकी डलर नोक्सान भइरहेको कम्पनीका मालिक मस्कले जनाएका छन् । सँगै ट्विटरको प्रमाणिकरणको विषयमा भएको परिवर्तनलाई पनि ठूलो परिवर्तन मानिएको छ ।


क्लिकमान्डु