लक्ष्मी बैंक र युएसएडबीच सम्झौता



काठमाडौं । लक्ष्मी बैंकले युएसएड अन्तर्गत व्यापार तथा प्रतिस्पर्धात्मकता अन्तर्गतको सहयोग पत्रमा हस्ताक्षर गरेको छ ।

लक्ष्मी बैंकको कार्यालयमा मंगलबार आयोजित एक कार्यक्रममा सम्झौतापत्रमा हस्ताक्षर भएको हो । कार्यक्रममा लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजयविक्रम शाह र युएसएडका तर्फबाट प्रतिनिधि एग्नेस लुजले हस्ताक्षर गरेका थिए ।

लक्ष्मी बैंकले लघु, साना तथा मझौला उद्यमको वित्तीय उत्पादन तथा सेवाहरुमा विशेषगरी पर्यटन, कृषिलगायतका क्षेत्रमा दिगो रुपमा उपलब्धता र पहुँच अभिवृद्धि गर्ने साझा लक्ष्यसहित सहकार्य पत्रमा हस्ताक्षर भएको हो ।

चार वर्षका लागि हुने उक्त सहकार्यमा लक्ष्मी बैंक र युएसएडले साझा लक्ष्यहरु लिएर त्यसलाई पुरा गर्नका लागि संगठनात्मक शक्तिहरु, अनुभव, प्रविधि, विधि र स्रोतहरु एकअर्कासँग साझा गर्दै प्रयोग गर्नेछन् ।

युएसएडको व्यापार र प्रतिस्पर्धात्मकता पाँच वर्षे कार्यक्रम हो, जसको उद्देश्य नेपाली अर्थतन्त्र कोभिड १९ महामारीपछि सुधार भइरहँदा विकासको नयाँ बाटो तय गर्ने लक्ष्यसहित सुरु गरिएको छ ।

कार्यक्रमले नेपाललाई आफ्नो अर्थतन्त्रमा उच्च गुणस्तर र निर्याततर्फ उन्मुख गराएर आर्थिक बृद्धिले पछि परेकाहरुलाई दिगो रोजगारी दिने, आयस्रोतका अवसरहरु सिर्जना गर्ने तथा दीगोपनको विकास गर्नेजस्ता लक्ष्यहरु रहेको छ ।


क्लिकमान्डु