भोजपुरमा प्रचण्डसहित गठबन्धनका नेता सहभागी हुने सभा नजिकै बिस्फोट, एकजना घाइते



काठमाडौं । सत्ता गठबन्धनले आयोजना गरेको चुनावी सभा नजिक भोजपुरमा बम बिस्फोट भएको छ ।

भोजपुरको पौवादुङमा गठबन्धनले आयोजना गरेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतका नेता सहभागी हुने भनिएको कार्यक्रम नजिक आज दिउँसो साढे २ बजेतिर बम बिस्फोट भएको हो ।

प्रहरीका अनुसार सभास्थलबाट पाँच सय मिटर टाढा बिस्फोट भएको हो । बिस्फोट हुँदा प्रचण्डसहितका गठबन्धनका नेताहरु भने कार्यक्रममा पुगेका थिएनन् ।

विस्फोटमा परि स्थानीय सुमन श्रेष्ठ घाइते भएका छन् ।

मंसिर ४ को संघीय निर्वाचन बहिष्कार गर्ने नेत्रविक्रम चन्द ‘विप्लव’सहितका वाम पार्टीहरुले घोषणा गरेका छन् ।


क्लिकमान्डु