नेपालको अर्थतन्त्र सुधारका लागि नेतृत्वमा युवा आवश्यकः स्वर्णिम वाग्ले



काठमाडौं । अर्थविद् डा.स्वर्णिम वाग्लले नेपालको अर्थतन्त्र सुधारका लागि राजनीतिक नेतृत्वमा युवा आउनु आवश्यक रहेको बताएका छन् ।

बुधवार वागमती क्याम्पसका विद्यार्थीहरुलाई सन् २०३० सम्म नेपालको अर्थतन्त्रको मार्ग चित्रका विषयमा प्रशिक्षण दिँदै अर्थविद् डा. वाग्लले नेपालको अर्थतन्त्रलाई अन्तर्राष्ट्रिय मुलुकसँग प्रतिष्पर्धी बनाउनको लागि राजनीतिक निर्णय तथा नीतिहरुमा सुधार ल्याउनुपर्ने बताए ।

मुलुकको अर्थतन्त्र सवल र चलायमान बनाउँदै माथि उठाउनको लागि राजनीतिक नेतृत्व सक्षम हुनुपर्ने उनको भनाइ थियो । यथास्थितिमा भने मुलुकको अर्थतन्त्र माथि जान नसक्ने वाग्लेले बताए ।

नेपाल पर्यटनको हिसावले उच्च सम्भावना भएको मुलुक भए पनि आत्याधिक कम मात्रै पर्यटक आउने गरेको बताउँदै उनले नेपालमा अबको पाँच वर्षमा हवाई क्षेत्रमा सुधार, होटल पूर्वाधारको बिस्तार, दक्ष जनशक्ति उत्पादन गरेर २० लाख पर्यटक ल्याउनुपर्ने धारणा राखे ।

वाग्लले नेपाल आउने पर्यटकले गर्ने खर्च दैनिक १०० डलर बनाएर घुम्ने र बस्ने अवधि १६ दिनसम्म बनाउँदा मात्रै पर्यटक क्षेत्रबाट आम्दानी बढ्नसक्ने बताए । अहिले नेपालको अर्थतन्त्र रेमिट्यान्सले धानेको भन्दै उनले रेमिट्यान्सले धेरै समय मुलुकको अर्थतन्त्र धान्न नसक्ने दाबी गरे ।

नेपालको पूर्वाधार तथा उद्योगमा विदेशी लगानी ल्याउँदै नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याएर पर्यटक बढाउँदा मात्रै मुलुकको अर्थतन्त्र माथि उठ्नसक्ने उनको भनाइ थियो ।

वाग्लेले के भने ?

नेपालको भू—बनावटले पर्यटनको ठूलो सम्भवना दिएको छ । पर्यटन ल्याउने मोडल एकदमै कम भयो । अहिले १.२ मिलियन मात्रै पर्यटक आउँछन् । लाओस् जस्तो देशमा ५ मिलियन पर्यटक आउँछन् । थाइल्याण्डमा ४० मिलियन आउँछन् । तर पर्यटकको ठूलो सम्भवना रहेको देशमा पर्यटकको सख्या एकदमै कम छन् । नेपालले पाँच वर्षमा २० लाख पर्यटक ल्याउनसक्ने र पर्यटकहरुले हेरक दिन १०० डलर खर्च गर्ने बनाउन सक्नुपर्छ ।

अहिले नेपालमा काठमाडौं,पोखरा र चितवन गरेर १३ दिनसम्म बस्छन् । पर्यटक बस्ने अवधि बढाएर १६ दिनसम्म बनाउनसक्यौ भने पर्यटकबाट ठूलो आम्दानी गर्न सकिन्छ । त्यसको लागि हवाई क्षेत्रमा सुधार,होटल पूर्वाधारको बिस्तार,दक्ष जनशक्ति उत्पादन गर्नुपर्छ । अहिले नेपाललाई रेमिट्यान्सले धानेको छ । तर रेमिट्यान्सले नेपाललाई टाढा लाँदैन । अब विदेशी लगानी भित्र्याउनु प¥यो । नेपाली उत्पादनलाई विदेशमा पुर्‍याएर आम्दानी पनि बढाउनुपर्छ ।

पर्यटन,विदेशी लगानी बढाउँदा, उत्पादन बढाउँदा पनि नेपालको आर्थिक क्षेत्रबाट माथि उठाउन सक्छ । भूपरिवेष्ठित देशहरु गरिव हुन्छन् । नेपा पछिल्लो सय वर्षमा ढुवानी खर्च बढी लाग्ने भएकाले अन्तराष्ट्रिय बजारमा सहज रुपमा पुग्न सकेनौं । नेपालले भन्दा अन्य देशहरुले उत्पादन गरेका वस्तुहरु सहज र सस्तोमा लान सकेका छन् ।

नेपालले तत्काल पुग्न सक्ने सफ्ट्वयर तथा डिजिटलाइजेशनमा जानुपर्छ । राजनीतिक निर्णय तथा नीतिहरु अन्तर्राष्ट्रिय मुलुकसँग प्रतिष्पर्धी बनाउने गरी गर्नुपर्छ । मुलुकको अर्थतन्त्र सवल र चलायमान बनाउनको लागि अहिलेको व्यवस्थाको निरन्तरता हुनु हुदैन । यथास्थितीमा मुलुकको अर्थतन्त्र माथि जान सक्दैन । त्यसैले मुलुकको अर्थतन्त्र माथि लानको लागि राजनीतिक नेतृत्वमा युवा अगाडि आउनुपर्छ ।

भारतमा भएको वायु प्रदूषणले अहिले नेपालका हिमालहरु पग्लिरहेका छन् । ब्ल्याक कार्वनले ग्लोवल ग्रिनहाउस क्यास जस्तै असर पारेको छ । ग्लोवल ग्रिनहाउस क्यास असर युरोप अमेरिकाहरुले गरे धेरै अहिले चीनले गर्दैछ । तर लोकल ब्ल्याक कार्वनले पनि असर पारिरहेको छ । इट्टा भट्टाभरुले असर पारेको छ । त्यसको साधान खोज्नुपर्ने छ । जलवायु परिवर्तनको समाधान क्षेत्रीय रुपमा समाधान गर्नुपर्छ ।

नेपालले आर्थिक नीतिहरु भारतसँग समन्वय भएर गरेन भने गाह्रो छ । अहिले नेपालमा १ सय रुपौयाँ भारुको नेपालमा १६० रुपैयाँ पर्छ । त्यसले धेरै अन्तर्राष्ट्रिय नीतिहरुमा फरक पारेको छ । त्यसले गर्दा नेपालको आर्थिक नीति जीओ पाल्टिकललाई बुझेर व्यवस्थापन गर्नसके नेपाल सन् २०३० सम्मको अर्थतन्त्रको मार्गचित्र माथि लान सक्छौं ।


क्लिकमान्डु