तीन महिनामा नेपाल टेलिकमको नाफा कसरी घट्यो १.५२ प्रतिशतले ?



काठमाडौं । चालु आर्थिक वर्षको तीन महिनामा नेपाल टेलिकमले २ अर्ब २२ करोड ५५ लाख ७ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा १.५२ प्रतिशतले कम हो । गत आवको सोही अवधिमा २ अर्ब २५ करोड ९९ लाख ४ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।

तीन महिनाको अवधिमा टेलिकमले आफ्नो व्यापारबाट आर्जन गर्ने आम्दानी केही गुमाएको छ । जसको असर नाफामा परेको छ । यो तीन महिनाको अवधिमा टेलिकमले ९ अर्ब ७ करोड ७५ लाख ८५ हजार रुपैयाँको व्यापार गरेको छ । जुन गत आवको सोही अवधिमा ९ अर्ब ७७ करोड ५२ लाख ९४ हजार रुपैयाँ रहेको थियो ।

टेलिकमको अन्य क्षेत्रबाट हुने आम्दानी पनि घटेर १ अर्ब ९६ करोड २५ लाख ६ हजार रुपैयाँमा सिमित भएको छ । गत आवको सोही अवधिमा १ अर्ब १७ करोड ७० लाख ५२ हजार रुपैयाँ रहेको थियो ।

१८ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको टेलिकमको जगेडा कोषमा ७९ अर्ब २९ करोड १९ लाख रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा ७७ अर्ब ६ करोड ३२ लाख ८३ हजार रुपैयाँ रहेको थियो । कम्पनीको प्रतिसेयर आम्दानी ४९ रुपैयाँ ४६ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ ५४० रुपैयाँ ५१ पैसा रहेको छ ।


क्लिकमान्डु