महालक्ष्मी विकास बैंकका ग्राहकले विभिन्न संस्थामा विशेष छुट पाउने



काठमाडौं । महालक्ष्मी विकास बैंकले रेष्टुरेन्ट, आयुर्वेद, श्रृगार, स्वास्थ्य लगायतका क्षेत्रसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायले विभिन्न संस्थासँग सम्झौता गरेको छ ।

सम्झौता पश्चात महालक्ष्मी विकास बैंकको डेबिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवामा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकका ग्राहकहरुले दी हिमालयन ग्रिल बाई बाजेकोका सम्पूर्ण सेवामा १५ प्रतिशत छुट, कुण्डलिनी आयुर्वेदका सेवाहरुमा अधिकतम २० प्रतिशत, तसुवाकी ब्यूटी शैलुन एण्ड इन्टरप्राइजेजका सेवामा १० प्रतिशत, क्रिस्टल डाइग्नोस्टीकका सेवामा अधिकतम २५ प्रतिशत छुट पाउन सक्नेछन् ।

बैंकका डेबिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्ष।तकार गराउने उद्देश्यले बैकले विभिन्न शाखाहरुबाट वित्तीय जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आएको छ ।


क्लिकमान्डु