विदेशी लगानीकर्ताले न्यूनतम २ करोड रुपैयाँ लगानी भित्र्याउनुपर्ने



काठमाडौं । सरकारले विदेशी लगानीको न्यूनतम सीमा तोकेको छ । सरकारले राजपत्रमा सूचना प्रकाशित गर्दै विदेशी लगानीको न्यूनतम सीमा प्रति विदेशी लगानीकर्ता २ करोड रुपैयाँ तोकेको छ ।

यसअघि सरकारले विदेशी लगानीका न्यूनतम सीमा प्रति विदेशी लगानीकर्ता ५ करोड रुपैयाँ तोकेको थियो । उक्त निर्णयलाई खारेज गर्दै अहिले सरकारले विदेशी लगानीको न्युनतम सीमा घटाएको छ ।

तर, नेपाल सरकार र गैर आवासीय नेपालीहरुले संयुक्त लगानीमा स्थापना भएको इन्भेष्टमेन्ट कम्पनीमार्फत् नेपालमा लगानी गर्न गैर आवासीय नेपाली (प्राकिृतिक व्यक्ति) लाई विदेशी लगानीको न्यूनतम सीमा लागू नहुने र यस्तो इन्भेष्टमेन्ट कम्पनीले इन्भेष्मेन्ट कम्पनीका सबै शर्तहरु पालना गर्नुपर्ने राजपत्रमा उल्लेख गरेको छ ।


क्लिकमान्डु