मातातीर्थ सबस्टेसनको ट्रान्सफर्मरमा समस्या, विद्युत आपूर्ति प्रभावित



काठमाडौं । चन्द्रागिरि नगरपालिका स्थिति १३२ केभीमातातीर्थ सबस्टेसनको पावर ट्रान्सफर्मरमा प्राविधिक समस्या आएको छ ।

१३२/११ केभी सबस्टेसनमा रहेको २२.५ एमभिएक्षमताको पावर ट्रान्सफर्मरमाशनिबार दिउँसोबाट समस्या देखिएपछि मातातीर्थ क्षेत्रको विद्युतआपूर्ति प्रभावितभएको छ । यसबाट करिब ५ हजार ग्राहककोमाविद्युतआपूर्ति समस्या देखिएको हो ।

नेपालविद्युतप्राधिकरणले सबस्टेसनबाट स्थानीय रुपमाविद्युतआपूर्तिकालागिप्रयोग भएकामातातीर्थ र सतुंगल फिडरको लोडलाई क्रमश : थानकोट र बलम्बू फिडरमा सारेर वैकल्पिक रुपमाविद्युतआपूर्तिको व्यवस्था गरेको छ । तर, थानकोट र बलम्बू फिडरले त्यस क्षेत्रको मागलाई नधान्ने हुँदाआंशिक रुपमाविद्युतआपूर्तिको व्यवस्थागरिएको छ ।

वैकल्पिक व्यवस्थाको रुपमा धादिङको कानाकोटबाट ‘ब्याक सप्लार्ई’लिने र थानकोट फिडरको विस्तार गरी आइतबारबाट विद्युत आपूर्तिको व्यवस्थापना गरिने छ । यसका लागि काम सुरु भइसकेको छ ।

प्राधिकरणले समस्या आएको ट्रान्सफर्मरलाई हटाएर भक्तपुर सबस्टेसनबाट ट्रान्सफर्मर लैजाने छ । यसका लागि केही दिन लाग्ने छ ।
प्राधिकरणले भक्तपुर सबस्टेसनमा रहेका २२.५ एमभिएका ३ वटा ट्रान्सफर्मरमध्ये २ वटालाई ४५-४५एमभिएले प्रतिस्थापनगर्दै छ । त्यहाँ रहेका २२.५ एमभिएका दुई वटा ट्रान्सफर्मरमध्ये १ वटालाई मातातीर्थ सबस्टेसनमा लगेर जडान गरिने छ ।


क्लिकमान्डु