सानिमा बैंकका ग्राहकले दराजबाट सामान किन्दा २०% सम्म छुट पाउने



काठमाडौं । सानिमा बैंकका ग्राहकले दराजमा सामान किन्दा १५ देखि २० प्रतिशत छुट पाउने भएका छन् ।

बैंकका ग्राहकले डेबिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम् २ हजार ५०० सय रुपैयाँ सम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम् ३ हजारसम्मको छुट पाउनेछन् ।

यो छुट पाउन बैंकका ग्राहकले दराजबाट सामान खरिद गर्दा डेबिट वा क्रेडिट कार्डबाट भुक्तानी गर्नुपर्ने छ । यो योजनामा सिमित छुट मात्र उपलब्ध हुने भएकाले छुट प्रदान गर्दा पहिलोलाई प्राथमिकता दिइने बैंकले जनाएको छ ।

छुटका लागि ग्राहकहरूले दराजबाट बैंक भौचर सङ्कलन गर्नुपर्नेछ । यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरुले शून्य ब्याजदरमा मासिक किस्ताबन्दी सुविधा पनि प्राप्त गर्न सक्नेछन् ।

यो योजना कात्तिक २५ देखि मंसिर १ गतेसम्म लागू हुनेछ । सानिमा बंैकको देशका सातै प्रदेशमा १२९ वटा कार्यालय तथा १२२ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।


क्लिकमान्डु