मुक्तिनाथ विकास बैंकद्धारा २६४ जना महिला उद्यमी सम्मानित



काठमाडौं । मुक्तिनाथ विकास बैंकले २६४ जना महिला उद्यमीहरुलाई सम्मान गरेको छ ।

बैंकले लघु बैंकिङ अन्तर्गत विभिन्न कृषी, पशुपालन तथा साना साना उद्यमहरु संचालन गरिरहेका उत्कृष्ट २६४ जना महिला उद्यमीहरुलाई सम्मान गरेको हो ।

बैंकको लघु बैंकिङ्ग कार्यक्रममा आबद्ध सदस्यहरुलाई सम्मान तथा उनीहरुलाई आफ्नो व्यवसाय विस्तार तथा व्यवस्थापन गर्नका लागि वित्तीय ज्ञान र वित्तीय प्रणालीका बारेमा जानकारी दिएको बैंकले जनाएको छ ।

उक्त कार्यक्रममा लघु बैंकिङ्ख अन्तर्गत विभिन्न कृषी, पशुपालन तथा साना साना उद्यमहरु संचालन गरिरहेका उत्कृष्ट २६४ जना महिला उद्यमीहरुलाई सम्मान गरिएको थियो ।

देशको आर्थिक विकासमा नारीहरुको भूमिका रहने भएकाले नारीलाई घर भित्रको कामहरुमा मात्र सीमित नगरी सही वातावरण र अवसर समयमै प्रदान गर्न सकियो भने धेय रहेको बैंकले जनाएको छ ।


क्लिकमान्डु