काठमाडौं–तराई द्रुतमार्ग आयोजनाका लागि ९२ कर्मचारी माग



काठमाडौं । चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेशन प्रालिले काठमाडौं–तराई द्रुतमार्ग आयोजनाका लागि ९२ कर्मचारी माग गरेको छ । कम्पनीले आज सूचना जारी गर्दै विभिन्न पदमा कर्मचारी माग गरेको हो ।

कम्पनीले सुपरभाइजरदेखि आयोजना प्रबन्धसम्मको पदका लागि कर्मचारी माग गरेको छ ।

जसमा कम्पनीले कम्तिमा विभिन्न पदमा ५ वर्षदेखि १२ वर्षसम्मको अनुभव भएको हुनुपर्ने सूचनामा उल्लेख छ । साथै, योग्यता पुगेका व्यक्ति ५५ वर्षको ननाघेको हुनुपर्ने कम्पनीले जनाएको छ ।

कम्पनीअनुसार योग्यता पुगेका इच्छुक व्यक्तिले ७ दिनभित्र निवेदन दिन सक्नेछन् ।


क्लिकमान्डु