विद्युत बिक्रीबाट हुने आम्दानीसँगै घट्यो सानिमा माइ हाईड्रोको नाफा



काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सानिमा माइ हाईड्रो पावर कम्पनीको नाफामा गिरावट आएको छ ।

कम्पनीको नाफा ४.६२ प्रतिशतले घटेर २३ करोड २४ लाख १९ हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा २४ करोड ३१ लाख ७५ हजार रुपैयाँ रहेको थियो ।

यो अवधिमा कम्पनीको नाफा घट्नुका साथै विद्युत बिक्रीबाट हुने आम्दानी पनि घटेको छ । विद्युत बिक्रीबाट हुने आम्दानी घट्दा नाफामा असर परेको देखिएको छ ।

कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी ६.८७ प्रतिशतले घटेको छ । गत आवको असोज मसान्तमा कम्पनीले विद्युत बिक्रीबाट ३४ करोड ३८ लाख ६२ हजार १३० रुपैयाँ आम्दानी गरेकामा चालु आवको सोही अवधिमा ३२ करोड १७ लाख ३८ हजार ३९४ रुपैयाँमा सिमित भएको छ ।

३ अर्ब ८ करोड ९२ लाख ५१ हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको प्रति सेयर आम्दानी ७ रुपैयाँ ५२ पैसा रहेको छ भने प्रति सेयर नेटवर्थ १५५ रुपैयाँ रहेको छ ।


क्लिकमान्डु