पत्रकार सरोजराज अधिकारी मृत फेला



काठमाडौं । पत्रकार एवं लेखक सरोजराज अधिकारी मृत फेला परेका छन् ।

उनी बुधबार दिउँसो काठमाडौंको एक होटलमा पंखामा झुण्डिएको अवस्थामा मृत फेला परेको काठमाडौं प्रहरी प्रमुख भरत बोहराले जानकारी दिए ।

कात्तिक २१ गते घरबाट निस्केका उनी नफर्केपछि बुधबार उनकी श्रीमतीले प्रहरीमा निवदेन दिएकी थिइन् । दुई दिनयता अधिकारी सोही होटलमा बसेको पाइएको प्रहरीले जनाएको छ ।

अधिकारीले कान्तिपुर, नयाँ पत्रिका, नेपाललाइभ लगायतमा काम गरेका थिए । पछिल्लो समय उनी आफ्नै युट्युव च्यानल चलाइरहेका थिए ।

अधिकारीका ‘धम्बोजी, ‘नोरा’, ‘जासुसीको जालो’ र ‘चक्रव्यूहमा चन्द्रसूर्य’ किताब प्रकाशित छन् ।


क्लिकमान्डु