गठबन्धनका उम्मेदवार विरोध खतिवडामाथि हातपात, एकजना पक्राउ



काठमाडौं । मकवानपुर-२ बाट गठबन्धनका उम्मेदवार रहेका नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्वमन्त्री विरोध खतिवडामाथि हातपात भएको छ ।

आफ्नो निर्वाचन क्षेत्रको एक चुनावी कार्यक्रममा सहभागी हुन गएका खतिवडामाथि आज दिउँसो हातपात भएको हो ।

मनहरि गाउँपालिका वडा नम्बर ३ मा गाडीबाट ओर्लनासाथ खतिवडामाथि हातपात भएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

मादक पदार्थ सेवन गरेका एक व्यक्तिले उनीमाथि हातपात गरेको प्रहरीले जनाएको छ । हातपातमा संलग्न भएको आरोपमा प्रहरीले पुरूषोत्तम खड्का नियन्त्रणमा लिएको छ ।


क्लिकमान्डु