सीजी ब्राण्डको जाडो मौसमका विषेश नयाँ प्रोडक्टहरु बजारमा



काठमाडौं । नेपालकै सबैभन्दा ठूलो र नम्बर १ इलेक्ट्रोनिक्स् ब्राण्ड सीजी तथा सीजी अन्तर्गतको सीजी मेरिडियाले यस जाडो मौसमको समयमा आफ्ना ग्राहकहरुलाई उपयुक्त हुने नयाँ, अपग्रेडेड प्रोडक्ट रेन्जहरु बजारमा ल्याएको छ ।

यसरी सीजीका अत्याधुनिक सामाग्रीहरुका साथ अब जाडोको मौसममा चिसो लाई टाढा राख्न सजिलो हुने कम्पनीको विश्वास रहेको छ ।

आधुनिक प्रविधिको उत्कृष्ट क्वालिटिका सामानसँगै नेपालको आफ्ननै ब्राण्ड सीजीको विश्वास पाई ग्राहकवर्गहरु ढुक्कले यस जाडोको किनमेल गर्न सक्नेछन् ।

यस चिसो मौसमलाई मध्यनजर गर्दै सीजीले विभिन्न उत्पादनहरु जस्तै इलेक्ट्रिक केटल, गिजर, हिटर, एसी, थर्मस, डिस्पेन्सर, वाशिङ्ग मेशिन तथा माइक्रोवेभ ओभनहरु जस्ता अन्य थुप्रै सामाग्रीहरुमा नयाँ लाइनअपहरु थप्दै उत्कृष्ट प्रोडक्टहरुमा ग्राहकहरुको पहुँच अझै बढाएको छ भने उनीहरुको खरिद प्रक्रियामा थप विकल्प पनि प्रदान गरेको छ ।

यस जाडोको मौसमलाई झन् सहज बनाउन ग्राहकवर्गहरुले सीजीका विभिन्न विषेश उत्पादनहरुको प्रयोग गर्न सक्नेछन् ।

चिसो मौसममा चिसो पानीले लुगा धुन बाट बच्न सीजी वाशिङ्ग मेशिनको प्रयोग गरी जाडोबाट बच्न सकिन्छ भने चिसो भएको खानेकुरा शीघ्र नै तताउन सीजी माइक्रेवेभ ओभनको उपयोग गर्न सकिन्छ ।

त्यसैगरी कोठाहरुलाई न्यानो राख्न अत्याधुनिक एसीलगायत विभिन्न प्रकारका ओएफआर तथा ह्यालोजिन हिटर, पीटीसी फ्यान हिटर, कार्बन हिटर, ग्यास तथा इलेक्ट्रक हिटर तथा फ्यान हिटरहरु उपलब्ध छन् ।

जाडो मौसममा चिसो पानीले नुहाउने समस्याबाट जोगिन विभिन्न किसिमका इलेक्ट्रक गिजर तथा ग्यास गिजर उपलब्ध छन् । तातो पानी पिउनका लागि विभिन्न डिजाइनका डेस्कटप तथा स्ट्यान्डिङ्ग डिस्पेन्सर उपलब्ध छन् भने पानी तातो बनाइराख्न २.० लिटर देखि ३.२ लिटरसम्मको क्षमता भएको प्लास्टिक तथा स्टीलका थर्मस उपलब्ध छन् । साथै पानी उमाल्नकै लागि वाटर बोइलर लगायत हट पट तथा केटल पनि उपलब्ध रहेका छन् ।


क्लिकमान्डु