युनिलिभर नेपालले १२१५ रुपैयाँ लाभांश दिने, बुक क्लोज कहिले ?



काठमाडौं । युनिलिभर नेपालले लाभांश घोषणा गरेको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट लाभांश दिने प्रस्ताव गरेको छ ।

कम्पनीले लगानीकर्तालाई १२१५ रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीले लााभांश प्रस्ताव गर्नुका साथै बुक क्लोजको मिति पनि तय गरेको छ । कम्पनीले मंसिर ४ देखि २० गतेसम्म बुक क्लोज गर्ने भएको छ ।

मंसिर ३ गतेसम्म कायम रहेका लगानीकर्ताले कम्पनीले तोकेको लाभांश पाउनेछन् । कम्पनीको यो प्रस्ताव आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।


क्लिकमान्डु