यस्तो छ एमालेको घोषणापत्र (पूर्णपाठ)



काठमाडौं । नेकपा एमालेले अगामी पाँच वर्षमा २५ लाख रोजगारीको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

मंगलबार आगामी निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गर्दै एमालेले वार्षिक पाँच लाखका दरले पाँच वर्षमा २५ लाख रोजगारी दिने जनाएको छ ।

आगामी ५ वर्षमा नेपालको अर्थतन्त्र १ खर्बको पुर्याउने र जिडिपीको आकार १00 खर्ब पुर्याउने एमालेले घोषणापत्रमा उल्लेख गरेको छ ।

यो अवधिमा कृषिको व्यवसायीकरण गर्ने, साना, मझौला तथा ठूला उद्योगको विस्तारबाट राष्ट्रिय आयमा उल्लेख्य वृद्धि गर्ने जनाएको छ । यस्तै नेपाल भ्रमण गर्ने पर्यटकको संख्या बार्षिक २५ लाख पुर्याइने उल्लेख छ ।

यस्तै ५ वर्षको अवधिमा नेपालीको प्रतिव्यक्ति आय ३ लाख अर्थात २४ सय अमेरिकी डलर पुर्याउने घोषणापत्रमा उल्लेख छ ।


क्लिकमान्डु