माओवादीको घोषणापत्रः हरेक नेपालीलाई जलविद्युतको सेयर धनी बनाउने
काठमाडौं । नेकपा माओवादी केन्द्रले घोषणापत्र सार्वजनिक गरेको छ । घोषणापत्र जारी गर्दै हरेक नेपालीलाई जलविद्युतको सेयर धनी बनाउने योजना ल्याएको छ ।
घोषणापत्रमा ‘ नेपालको पानी जनताको लगानी, हरेक नेपाली जलविद्युतको सेयर धनी’ कार्यक्रम सञ्चालन गरिने घोषणापत्रमा उल्लेख छ ।
ऊर्जा विकासको क्षेत्रमा राज्य, निजी क्षेत्र, सहकारी, जनप्रतिनिधि संस्था तथा जनताको सहभागिता र लगानीमा विस्तृत कार्ययोजना तयार गरी कार्यान्वयन गरिने उल्लेख छ ।
यो कार्यक्रम मार्फत आम जनसमुदायलाई जलविद्युतमा लगानी गर्न अभिप्रेरित गर्दै चार हजार मेगावाटको विद्युत आयोजना निर्माण गर्न स्वदेशी पुँजी परिचालन गरिने उल्लेख छ ।