ओलीसँग नैतिकता नै छैन : घनश्याम भुसाल



रुपन्देही । नेकपा (एमाले)का पूर्वउपमहासचिव घनश्याम भुसालले केपी ओलीसँग नैतिकता नै नभएको टिप्पणी गरेका छन् ।

नैतिकता भएको भए आफैंले विघटन गरेको संसद पुनस्थापित भएपछि उनले प्रधानमन्त्रीबाट मात्र नभई सांसदबाटै राजीनामा दिनुपर्नेमा त्यसो नगरेको उनको भनाइ थियो ।

आइतबार रुपन्देहीको तिलोत्तमा नगरपालिकामा आयोजित एक कार्यक्रममा भुसालले ओलीले जनताको अधिकार सुनिश्चित गरिएको संविधानलाई नै इन्कार गरेपछि आफूहरुले त्यसको विरुद्धमा आन्दोलन गर्नु परेको जिकीर गरे ।

सत्तारुढ गठबन्धनको साथ लिएर रुपन्देही क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाका लागि स्वतन्त्र उम्मेदवार बनेका उनले ओलीमा पछिल्लो पटक प्रधानमन्त्री बनेपछि दम्भ चढेको र त्यसले संविधानमाथिनै आक्रमण गरेपछि आफूहरुले बिरोध गर्नु परेको उल्लेख गरे ।

‘पछिल्लो पटक जब उहाँ प्रधानमन्त्री हुनु भयो । उहाँले त के ठान्नु भयो भने यी सब कमिला हुन् । यी पार्टीका पनि कमिला बराबर नै हुन् । यी जनता भनेका, अरु पार्टी भनेका काँग्रेस भनेका यी छिचिमिरा हुन् । यीनको काम छैन भन्ने हिसाबले सोच्नु भयो । संसारमा कोही छ भने म छु । कोही प्रतापी छ भने म छु । कसैसँग त्यो सामथ्र्य छ भने त्यो मसँग छ । मसँग जति यो सामथ्र्य, बुद्धि, क्षमता यो धर्तीमा कसैसँग पनि छैन भन्ने त्यो अभिमान विकसित भयो’ उनले भने ।

ओलीले संविधानलाई कागजको खोष्टोमा परिणत गराउने दुष्साहस गरेको तर्क गरे ।


क्लिकमान्डु