नेपालबाट फ्रान्समा के-के निर्यात हुन्छ ?



काठमाडौं । नेपालले चालु आर्थिक वर्षको दुई महिनाको अवधिमा विश्वका ११६ वटा देशसँग वैदेशिक व्यापार गरेको छ । नेपालले ११६ वटा देशबाट आयात गर्दा नेपालले भने ९६ वटा देशमा मात्रै वस्तु निर्यात गरेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार नेपालले साउन र भदौ महिना वैदेशिक व्यापार गरेकोमध्ये ३० वटा देशमा कुनै पनि वस्तु निर्यात गरेको छैन ।

त्यस्तै, नेपालले दुई महिनाको अवधिमा फ्रान्ससँग २ अर्ब ३४ करोड २४ लाख ५९ हजार रुपैयाँको वैदेशिक व्यापार गरेको छ । विभागअनुसार सो अवधिमा नेपालले १ अर्ब ९५ करोड ६३ लाख २५ हजार रुपैयाँको वस्तु आयात गरेको छ ।

त्यस्तै, नेपालले सोही अवधिमा ३८ करोड ६१ लाख ३४ हजार रुपयाँको ४४ वस्तु निर्यात गरेको छ । जसमा नेपालले २ महिनाको अवधिमा १ अर्ब ५७ करोड १ लाख ९१ ह्जार रुपैयाँको व्यापारघाटा व्यहोरेको छ ।

नेपालले वैदेशिक व्यापार गरेकोमध्ये सबैभन्दा बढी व्यापारघाटा व्यहोरेको १३औं स्थानमा रहेको फ्रान्समा नेपालबाट वार्षिक अर्बौ रुपैयाँको वस्तु निर्यात हुँदै आएको छ ।

नेपालबाट फ्रान्समा केके वस्तु निर्यात हुन्छ त ?

विभागको तथ्यांकअनुसार दुई महिनाको अवधिमा फ्रान्समा सबैभन्दा बढी रेडिमेड कपडा निर्यात गरेको छ । नेपालले सो अवधिमा १५ करोड १५ लाख १९ हजार रुपैयाँको २६ हजार २६५ पिस रेडिमेड लुगा निर्यात गरेको छ ।

त्यसपछि नेपालले ५ करोड २० लाख रुपैयाँको कार्पेट, ४ करोड ३५ लाख ५१ ह्जार रुपैयाँका सल तथा मफलर, १ करोड ७३ लाख ३२ हजार रुपैयाँको मादल तथा सांगितिक क्षेत्रमा प्रयोग हुने ड्रम र १ करोड ५२ लाख ७० हजार रुपैयाँको ब्लयांकेट निर्यात गरेको छ । प

त्यस्तै, नेपालले फ्रान्समा १ करोड २५ लाख ८० हजार रुपैयाँको फेल्ट, १ करोड ७ लाख ४१ ह्जार रुपैयाँको चिया, १ करोड ५२ लाख ११ हजार रुपैयाँको महिलाले लगाउने लुगा, ७४ लाख ४३ हजार रुपैयाँको तेल, ६१ लाख ९० हजार रुपैयाँको पेन्टिङ, ५९ लाख २५ हजार रुपैयाँको हातले बनाएको कागज, ६२ लाख ६२ हजार रुपैयाँको झोला, र ४० लाख ९८ हजार रुपैयाँको गरगहना निर्यात गरेको तथ्यांकले उल्लेख गर्छ ।

त्यसैगरी, ४० लाख २० हजार रुपैयाँको लुगा, ३४ लाख २३ हजार रुपैयाँको ग्रीन टी, २२ लाख ९६ हजार रुपैयाँको एसेन्सियल आयल, २१ लख ३२ हजार रुपैयाँको चाँदीको गहना, १६ लाख ६८ हजार रुपैयाँको हस्तकला, १५ लाख ३० हजार रुपैयाँको सेरामिक र १२ लाख ६१ हजार रुपैयाँको ग्लोभ्स् र ११ लाख ४० हजार रुपैयाँको अगरबत्ति निर्यात गरेको छ ।

नेपालले ८ लाख ६७ हजार रुपैयाँको अन्य स्ट्याचू, ६ लाख ९२ हजार रुपैयाँको शौचालय तथा कार्यालयमा प्रगोग हुने ग्लासवेयर, ५ लाख ९२ हजार रुपैयाँको पुरुषहरुको लागि लुगा, ३ लाख ९७ हजार रुपैयाँको टोपी, ३ लाख ८७ हजार रुपैयाँको पर्फ्यूम, ३ लाख ८३ हजार रुपैयाँको भेडाको तान, ३ लाख १ हजार रुपैयाँको यार्चागुम्बा, २ लाख ३२ हजार रुपैयाँको पानको पात, २ लाख ८ हजारको ज्याकेट र १ लाख ७७ हजार रुपैयाँको अन्य टोपी निर्यात गरेको छ ।

साथै, अन्य ८ वटा वस्तु नगन्य रुपैयाँ अर्थात् एक लाखभन्दा कम मूल्यको निर्यात भएको छ ।


क्लिकमान्डु