लाभांश घोषणा गरेको अरुण काबेलीले तोक्यो बुक क्लोजको समय



काठमाडौं । अरुण काबेली पावरले कात्तिक ३० गते बार्षिक साधारणसभा बोलाएको छ ।

उक्त सभाका लागि कम्पनीले कात्तिक १८ गते बुक क्लोज गर्ने भएको छ । कम्पनीले लगानीकर्तालाई आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट लगानीकर्तालाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

कात्तिक १७ गतेसम्म कायम रहेका लगानीकर्ताले सभामा भाग लिन पाउने छन् । कम्पनीको प्रस्ताव विद्युत नियमन आयोगका स्वीकृती र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।


क्लिकमान्डु