नयाँ ब्रोकर, स्टक एक्सचेञ्ज सञ्चालनका लागि लाईसेन्स दिने प्रकृया अघि नबढाउनू: सर्वोच्च



काठमाडौं । सर्वोच्च अदालतले नेपाल धितोपत्र बोर्डलाई नयाँ ब्रोकर कम्पनी, नयाँ स्टक एक्सचेञ्ज र वस्तु विनिमय बजार सञ्चालनका लागि लाईसेन्स दिने प्रकृया तत्काल अघि नबढाउन भन्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

शुक्रबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलाले उक्त आदेश जारी गरेको हो । अधिवक्ता दिपक बिक्रम मिश्रले तत्काल नयाँ ब्रोकर, नयाँ स्टक र वस्तु विनियम बजारलाई लाईसेन्स दिने प्रकृया रोक्न माग गर्दै रिट निवेदन दायर गरेका थिए । मिश्रले दायर गरेको रिट निवेदनमा अदालतले अर्को सुनुवाई नहुँदासम्म लागू हुनेगरी अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

धितोपत्र बोर्डले असोज २ गते नयाँ ब्रोकर, नयाँ स्टक र वस्तु विनियम बजार सञ्चालनका लागि आवेदन खुला गरेको थियो । नयाँ ब्रोकर खोल्न आवेदन दिने ३० दिनको समय सकिएको छ । नयाँ ४५ र पुरानो एक सहित ४६ वटा कम्पनीले आवेदन दिएका छन् । नयाँ ब्रोकर र वस्तुविनिमय बजार सञ्चालनका लागि आवेदन दिने समय कात्तिक १५ गतेसम्म रहेको छ ।


क्लिकमान्डु