बाराही हाइड्रोपावर पब्लिकको आईपीओ निष्कासन, कसले दिन पाउँछ आवेदन ?



काठमाडौं । बाराही हाइड्रोपावर पब्लिकले आयोजना प्रभावित स्थानीयका लागि साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ ।

कम्पनीले आयोजना प्रभावित स्थानीयलाई प्रतिकित्ता सय रुपैयाँका दरले २ लाख ५० हजार कित्ता सेयर निष्कासन गरेको छ ।

आईपीओमा न्यूनतम १० देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने छ । आईपीओमा कात्तिक १८ गतेसम्म आवेदन दिन सकिने छ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा मंसिर ४ गतेसम्म आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल रहेको छ ।

कम्पनीले आयोजना प्रभावित बाग्लुङ्ग जिल्लाको जैमिनी नगरपालिका– १, ४ र ५ साविकको कुस्मीसेरा, सर्कुवा र विनामारे गाविसका र जैमिनी नगरपालीकाको अन्य वडाका स्थानीलाई आईपीओ निष्कासन गरेको हो ।

स्थानीयले आईपीओमा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलका साथै एनएमबि बैंक र ग्लोबल आइएमई बैंकको कुस्मीसेरा शाखा, कुमारी बैंकको राहाले शाखा र गरिमा विकास बैंकको ट्राफिक चोक शाखाबाट आवेदन दिन सक्नेछन् । यस्तै धितोपत्र बोर्डबाट सी–आस्वा सदस्य लिएका बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सकिने छ ।


क्लिकमान्डु