सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले घट्यो



काठमाडौं । बिहीबार सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले घटेको छ ।

बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार २ सय रुपैयाँ कायम भएको थियो । बिहीबार १ सय रुपैयाँले घटेर ९३ हजार १ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, बुधबार तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ७ सय रुपैयाँ कायम भएकोमा बिहीबार ९२ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

साथै, बुधबार चाँदीको मूल्य प्रतितोला ११ सय ७५ रुपैयाँ कायम भएकोमा बिहीबार ५ रुपैयाँले घटेर ११ सय ७० रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु