बागमती प्रदेशमा ५ किलोमिटरको भाडा २४ रुपैयाँ, यस्तो छ प्रदेशभरको भाडा दर

217
Shares

काठमाडौं । बागमती प्रदेश सरकारले प्रदेशभित्रको सञ्चालन हुने सवारी साधनको भाडादर समायोजना गरेको छ ।

यो काठमाडौं उपत्यकाभित्र र काठमाडौंबाट बागमती प्रदेशभित्रका सहर-बस्तीमा सञ्चालन हुने सवारी साधनका लागि समायोजना गरिएको भाडादर हो ।

एक प्रदेशभित्रको भाडादर प्रदेश सरकारले नै तोक्ने नियम छ । यसअघि अन्तर प्रदेश भाडा दर भने केन्द्रीय सरकारले तोकेर सार्वजनिक गरिसकेको छ ।